तिहारमा पटका पट्काउँदा हुन्छ वायु र ध्वनि प्रदूषण

लोकपथ
42
Shares

काठमाडौं । वातावरणविद्हरूले उज्यालोको पर्वका रूपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन् । 

पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनो अक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन नहुने बताए । ‘दीपावालीमा धेरैजसो बालबालिका पटका पट्काउन संलग्न हुने गर्छन्, पटकाका नजिक उनीहरू बस्छन् । यसले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ, ’उनले भने, ‘पटका पट्काउँदा आउने ठूलो आवाजले जनावरहरूमा तनाव पैदा गर्नाका साथै मानिसहरूको मानसिक स्वास्थ्यमा पनि असर पुर्‍याउन सक्छ ।’

जलवायु परिवर्तनविद् मञ्जित ढकालले पटका पटकाउँदा निस्कने आवाजले ध्वनि र धुवाँले वायु प्रदूषण बढ्ने भएकाले बढी सतर्कता अपनाउनाका साथै सरोकार भएका निकायले पटका पट्काउन नियन्त्रण गर्नुपर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?