मलाइकाबारे सोध्दा अर्जुनले भने–  अहिले म सिंगल छु !

लोकपथ
84
Shares

मुम्बई । लामो समयदेखि बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोराको ब्रेकअप भएको चर्चा थियो । अब अर्जुन कपुरले एक कार्यक्रममा यसको पुष्टि गरेका छन् । अर्जुन आफ्नो आगामी फिल्म ‘सिंघम अगेन’को प्रमोशनका लागि मुम्बईमा   आएका थिए । त्यतिबेला एक फ्यानले उनलाई सोधे– मलाइसँग  कस्तो सम्बन्ध  छ ? तब अर्जुनले भने, ‘अहिले सिंगल छु।’

मलाइका र अर्जुन लामो समयदेखि अलग बस्दै आएका छन् । दुवैले एक अर्कालाई जन्मदिनको शुभकामना समेत दिएका छैनन् । तर, गत महिना मलाइकाका बुवाको निधन हुँदा अर्जुन त्यो कठिन समयमा परिवारसँग उभिएको देखियो ।

यस अवसरमा मलाइकाका पूर्व पति अरबाज खान र उनको परिवार पनि अभिनेत्रीसँग थिए । व्यक्तिगत जीवनको कुरा गर्दा मलाइकाले सन् १९९८ मा अरबाज खानसँग विवाह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?