दुई करोड १४ लाख राजस्व संकलन

लोकपथ
63
Shares

सप्तरी ।  राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा  दुई करोड बढी राजस्व संकलन गरेको छ । 

सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा  दुई करोड १४ लाख छ हजार एक सय २० राजस्व संकलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।

सवारीसाधन करबाट  एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार एक सय ८५ राजस्व संकलन भएको छ ।

सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार पाँच सय राजस्व संकलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा  १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व संकलन भएको थियो भने  २०७९/८० मारु सात करोड ५६ लाख २५ हजार चार सय ७५संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?