ह्वाइट हाउसमा बाइडेनले यसरी मनाए दीपावली

लोकपथ
161
Shares

काठमाडौं । महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति जो बाइडेनले हिन्दूहरुको महान पर्व दीपवालीको शुभकामना व्यक्त गरेका छन् ।

सोमबार ह्वाइटहाउसमा दीप प्रज्ववलन तथा लक्ष्मीको पूजा आयोजना गरिएको थियो ।

अमेरिकी राष्ट्रपतीय चुनावको संघारमा रहेका बेला डेमोक्रयाटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार समेत रहेकी उपराष्ट्रपति कमला ह्यारिसको समेत सहभागिता रहेको थियो ।

उक्त समारोहमा नेपाल, भारत लगायत विश्वका हिन्दू धर्मसँग आस्था राख्ने ६ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
यसअघि सन् २०१६ मा पहिलोपटक हवइटमा पहिलोपटक दीपावली गरिएको थियो ।

ह्यारिस हिन्दू परिवारकी व्यक्ति हुन् । सो समारोहमा बाइडेनले पानसमा दिप प्रज्ववलन गरेर दीपावलीको शुभारम्भ गरेका थिए ।

त्यसो त बाइडेनले मात्र होइन पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पले पनि दीपावलीको शुभकामना दिएका छन् । अमेरिकामा पछिल्ला वर्षहरुमा दक्षिण एसियाली चाडको रुपमा दीपावली मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?