जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
147
Shares

काठामाडौं । ओखलढुंगाबाट जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई बिहीबार बिहान पक्राउ गरेका छ ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका-५ कालिमाटी टोल बस्ने २७ वर्षीय सुनिल खतिवडालाई पक्राउ गरेको हो ।

सुनिलले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?