काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल सवतलाई सबैले चिन्नुपर्ने बताएकी छन् ।
शनिबार नेपाल संवत् ११४५ को अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपाल सवतलाई सबैले जान्ने , बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गरेकी हुन् ।
उनले भनिन् ,‘नेपाल संम्वत्को आफ्नै मौलिक पहिचान छ । व्यवहारिक रूपमा पनि यसको निकै महत्त्व छ । हामीले मनाउने विभिन्न संस्कृति, कलाकृति, जात्रा पर्वहरू सबै हामीले नेपाल संम्वत्कै आधारमा मनाउँछौँ । यस कारण पनि नेपाल सवतलाईहामीले प्रयोग गर्नुपर्छ । यसलाई अझै धेरैले जान्ने, बुझ्ने, प्रयोग गर्न सक्ने बनाउनुपर्छ । ’
साथै उनले मनाउँदै आइरहेको र व्यवहारमा लागु गरिरहेको नेपाल सवतलाई बलियो बनाउनुपर्ने बताइन् । उनले प्रशासनीय रूपमा नेपाल सवतलाई तीव्र गतिमा लैजान ध्यान दिनुपर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया