मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा अवस्थित चैन खोलामा नवनिर्मित झोलुङ्गे पुलको सञ्चालनमा आए पछि स्थानिय बासिहरुलाई सहज भएको छ ।
पुल कुल १ सय ४७ मीटर लम्बाइ र करिव २७ मिटर उचाइ भएको झोलुङ्गे पुल शुक्रवार विधिवतरुपमा उद्घाटन गरि सञ्चालनमा आएपछि छायाँनाथ रारा नगरपालिका वडा न १,२,४,५,६,७, ८,र १० वडाका स्थानियहरुलाई जिल्ला सदरमुकाम गमगढी बजार आवत जावत गनकालागि निकै सहज तथा दुरि छोटो भएको हो ।
छायाँनाथ रारा नगरपालिकाको १ करोड १० लाख १२ हजार ५ सय रुपैयाँको लगानीमा पुल निर्माण गरिएको थियो । मुगु जिल्ला कै लामो रहेको चैनखोला झोलुङ्गे पुलको उद्घघाटन कर्णाली प्रदेश सभा सदस्य तथा पुर्व उद्योग पर्यटन वन बातावरण मन्त्री जित बहादुर मल्ल र जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले संयुक्तरुपमा उद्घघाटन गर्नु भएको थियो भने शिला उद्घाटन छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया