काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली वायु प्रदुषित शहरमध्ये विश्वकै पहिलो नम्बरमा परेको छ ।
वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु एयरले ४१२ एक्युआई प्लस यूएससहित नयाँ दिल्ली विश्वकै पहिलो वायु प्रदुषित शहर बनेको जनाएको छ । वायु प्रदुषणको दोस्रो सूचीमा पाकिस्तानको लाहोर रहेको छ । लाहोरको एक्युआई २२० रहेको छ । लाहोरमा वायु प्रदुषण उच्च भएसँगै स्थानीय प्रशासनले लकडाउन नै जारी गरेको छ ।
लाहोरमा नोभेम्बर ४ देखि कम्तिमा एक हप्तासम्मका लागि विद्यालय बन्द गरिएको छ । वायु प्रदुषणको तेस्रो स्थानमा भारतकै कलकत्ता शहर परेको छ । चौथोदेखि छैठौंसम्मका शहरमा क्रमशः इजिप्टको कायरो, बंगलादेशको ढाका र चीनको वुहान परेको छ ।
यसैगरी भियतनामको होनाई सातौ, यूएईको दुबई आठौँ, भारतको मुम्बई नवौँ, मंगोलियाको उलनबाटर दशौँ स्थानमा रहेको छ । काठमाडौं भने अठारौँ स्थानमा परेको छ । काठमाडौंको प्रदुषण सूचक ११३ एक्युआई रहेको जनाइएको छ । तिहारमा पड्काइएको पटाकाकाे साथै घुलो धुवाँका कारण काठमाडौंको प्रदुषण पनि बढेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया