शुक्रबारदेखि कांग्रेसको ‘युवा संकल्प यात्रा’

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा आयोजना हुने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले यही कार्तिक २३ गतेदेखि यात्राको सुरुआत कोशी प्रदेशको झापा जिल्लाको मेचीनगरबाट हुने र यात्राको समापन सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको महेन्द्रनगरमा हुने जानकारी गराएका हुन्  ।

युवालाई रोजगारीको सुनिश्चितता ,योग्यता र सीप अनुसारको रोजगारी सुनिश्चित नभएका कारण अवसरका नाममा वर्षेनी लाखौँ नेपाली युवा विदेशिन बाध्य भएका,स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा संकल्प यात्राले आवश्यक पहल र दबाबको अगुवाइ गर्ने उनको विश्वास छ ।

साथै उनले देशमा पटक पटक राजनीतिक परिवर्तन भए पनि जनताको जीवन शैलीमा कुनै परिवर्तन नहुनुको मुख्य कारण बेथिति, बेरोजगारी र भ्रष्टाचार रहेको भन्दै यात्रा मार्फत तीनै तहका सरकारका व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको स्थापनाका लागि आवश्यक पहल र खबरदारी गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?