गुडिरहेको कार पोखरीमा खस्दा चालकसहित दुईको मृत्यु, एक जना पौडिएर निस्किए

लोकपथ
322
Shares

काठमाडौं । सर्लाहीमा गुडिरहेको कार पोखरीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना पोखरीबाट बाहिर निस्केर बचेका छन् ।

आज मंगलबार बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको थियो । डुबेको सो कारबाट सशस्त्र प्रहरीको उद्धार टोलीले साढे ८ बजे महोत्तरीको गौशाला नगरपालिका–१० का सुरेश महतो (चालक) र सोनमा गाउँपालिका–८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको हो ।

गोताखोर टोलीले पोखरीमा डुबेको कारलाई बिहान ९ बजेर ५० मिनेट जाँदा निकालेको सशस्त्र प्रहरी प्रधान कार्यालय सूचना शाखा प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए । सो कारमा सवार गौशाला–२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?