प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ति चीनले दियो मितिसहितको पत्र, ओलीले जवाफ दिन बाँकी

लोकपथ
238
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले भ्रमणको निम्तो दिएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई आगामी डिसेम्बर २ देखि ६ सम्म चीन भ्रमणको औपचारिक निम्तो दिएका हुन् ।

प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्र एक साताअघि नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयलाई दिएका थिए । सो पत्र प्रधानमन्त्री कार्यालय पुगिसकेको छ । यद्यपि प्रधानमन्त्री ओलीले त्यसको जवाफ भने दिइनसकेको स्रोतको भनाइ छ ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच असोज ११ गते न्यूयोर्कमा भएको भेटमै वाङले नोभेम्बरको अन्तिम या डिसेम्बरको सुरूवातमा भ्रमण गर्ने गरी प्रधानमन्त्री ओलीलाई निम्ता गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?