ग्लोबल आईएमई बैंकले मंसिर २७ गतेका लागि बोलायो साधारण सभा

लोकपथ
77
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मंसिर २७ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंक संचालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो ।

साधारण सभा मंसिर २७ गते नेपाल प्रज्ञा पतिष्ठान कमलादीमा हुनेछ । साधारण सभा प्रयोजनका लागि यस बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

सभामा बैंकले ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?