इरानी छात्राले क्याम्पसमै एकाएक कपडा खोलेपछि…

लोकपथ
175
Shares

काठमाडौं । इरानको तेहरानस्थित आजाद विश्वविद्यालयको अनुसन्धान शाखामा आइतबार एक छात्राले लुगा फुकालेको भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यस भिडियोलाई लिएर सामाजिक सञ्जालमा निकै कडा प्रतिक्रिया आइरहेका छन् ।

अनुसन्धान शाखामा उपस्थित मानिसले यो इरानी शासकले प्रदर्शनकारी महिलाहरूसँग व्यवहार गर्ने कडा रवैयासँग सम्बन्धित रहेको बताएका छन् । धेरैले भिडियो हेरेर ‘छात्राले यस्तो गर्नुको मुख्य कारण जबरजस्ती हिजाब लगाउने नियमको ‘विरोध’ मा रहेको बताएका छन् । विश्वविद्यालयका अधिकारीहरूले ती छात्रालाई हिरासतमा लिएर मानसिक स्वास्थ्य अस्पताल पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?