काठमाडौं । तिहारपछि पहिलो कारोबारका दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४ को विन्दुमा कायम भएको हो ।
गत बुधबार ५ अर्ब ९५ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब २० करोडको मात्रै कारोबार भयो । ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १२४ कम्पनीको घट्यो भने ६ को स्थिर रह्यो । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड ९० लाख रुपैयाँको शेयर कारोबार हुँदा सानिमा जीआईसी इन्स्योरेन्सको १६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
निर्जीवन बीमा समूह आज सबैभन्दा धेरै १.०६ प्रतिशतले बढ्दा बैंकिङ र लगानी समूह घटेका छन् । आज फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.८२, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.३९ र अन्य समूह ०.२४ प्रतिशत बढे । त्यस्तै, बैंकिङ ०.८१, विकास बैंक ०.४८, उत्पादन ०.२९, व्यापार समूह ०.७४ प्रतिशत, माइक्रोफाइनान्स ०.०७ र लगानी ०.०४ प्रतिशतले घटेका छन्।
सुपरमाइ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । समाज लघुवित्तको ९.९ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ९.५ प्रतिशत, गुराँस लघुवित्तको ९.३ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ८.७ प्रतिशत तथा सान्जेन जलविद्युतको ७.३ प्रतिशतले मूल्य बढेको छ । त्यस्तै, मिडसोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया