दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष कैद सजाय

लोकपथ
686
Shares

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व प्रदेशमन्त्री दीपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाएको छ । सर्वाेच्चले गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गर्दै उनलाई सो सजाय सुनाएको हो ।

मनाङेलाई यसअघि उच्च अदालतले दोषी ठहर गरेको थियो । उच्चको फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, सर्वाेच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्चको फैसला सदर गरेको हो ।

उच्च अदालत पाटनले मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?