कोशी र गण्डकीका केही भू-भागमा वर्षाको सम्भावना

लोकपथ
56
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गहल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?