कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री अधिकारीले दिए राजीनामा

लोकपथ
154
Shares

विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले आज बुधबार राजीनामा दिएका छन् ।

मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारीसमेत नदिई जापान गएको भन्दै विवाद चर्केपछि उनले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् । विवाद बढेपछि कार्कीले उनलाई राजीनामा दिन निर्देशनसमेत दिएका थिए ।

मन्त्री विदेश भ्रमणमा जाँदा प्रदेश र संघीय सरकारको अनुमति लिनुपर्छ । यस्तै, विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको पनि सहमति लिनुपर्छ । विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाएपछि प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्छ ।

टोकियो महानगरको आयोजनामा भएको कार्यक्रममा भाग लिन भनी उनी कात्तिक १३ गते जापान गएका थिए । यद्यपि, सो कार्यक्रमको आधिकारिक पुष्टि पनि हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?