अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरोदय पक्का

लोकपथ
399
Shares
तस्विर: गुगल

वासिङ्टन । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको विजय उन्मुख देखिएका छन् । 

अमेरिकी राष्ट्रपति चुनावमा सात स्वीङ स्टेटलाई निर्णायक मानिएको थियो, जहाँ ट्रम्पले बाजी मारिरहेका छन् । ट्रम्पले सुरुमा १६ इलेक्ट्रोरल भोट भएकोनर्थ क्यारोलिना जिते ।  यो राज्यमा २०२० को चुनावमा पनि ट्रम्प नै विजयी भएका थिए । फ्लोरिडामा  उनले परिणाम उल्टाएर जिते ।

अमेरिकी राष्ट्रपतिका लागि  मंगलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेकी उपराष्ट्रपति कमला  ह्यारिसले  क्यालिफोर्निया, न्यूयोर्कलगायत १४ वटा राज्यमा बहुमत ल्याउने सुनिश्चित भएको छ  । 

अहिलेसम्म ट्रम्पले २६६ र ह्यारिसले १९४ इलेक्टोरल मत प्राप्त गरेका छन् । एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलतासँगै ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?