काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । स्वास्थ्यमा समस्या आएसँगै मंगलबारबाट प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा सम्लग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेका छन्,’ ओलीको सचिवालयले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया