काठमाडौं । यस वर्ष काठमाडौं महानगरपालिका भित्रका विभिन्न ८ स्थानमा छठ पर्व मनाइने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले विभिन्न ८ स्थानमा छठ मनाउनका लागि व्यवस्थापन गरिएको बताए ।
उनका अनुसार गौरीघाट, कोटेश्वर दोभान, कमलपोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब, भुवनेश्वरी मन्दिर लगायतका स्थानमा छठका लागि ठाउँ व्यवस्थापन गरिएको हो ।
विशेषगरी तराईमा मनाइने छठ पर्व पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यकामा समेत मनाइन थालिएको छ ।
नदी तथा तलाउमा रंगरोगन गरेर छठ मनाइन्छ । काठमाडौं महानगरपालिकाले ती स्थानहरुमा सरसफाइ लगायत अन्य व्यवस्थापनको काम गरेको छ । साथै सम्बन्धित वडाले समेत छठका लागि व्यवस्थापन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया