सुन पसलमा नक्कली नोटको कारोबार, एकजना पक्राउ

लोकपथ
399
Shares

काठमाडौं । ठूलो परिमाणमा नक्कली खोटा नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–७ का सोहिल शाक्य रहेका छन् । उनी भक्तपुरको सूर्यविनायकमा ईन्द्र ज्वेलर्स सञ्चालन गर्दै आइरहेका छन् ।

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले राष्ट्र बैंकबाट जारी गरेकै जस्तो देखिने १ हजार र ५ सय दरका चाँदीका नक्कली नोटहरु (खोटा मुद्रा) ठूलो परिमाणमा बरामद गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले विभिन्न नम्बरका १ हजार र ५ सय दरका नोटहरु बरामद गरेको हो । उनले अनाधिकृत रुपमा सेतो प्लास्टिकले लेमिनेसन गरेको चाँदी जस्तो देखिने नोटहरु छपाइ गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार शाक्यले तिहारको समयमा सामाजिक सञ्जालबाटै नोटहरु बिक्रीमा रहेको भन्दै विज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?