तीन दिने भारत भ्रमण उपलब्धिमूलक भयो : मन्त्री खड्का

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का भारत भ्रमण सकाएर स्वदेश फिर्ता भएका छन् ।
गत आइतबार तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका मन्त्री खड्का आज स्वदेश फर्किएका हुन् ।

उनी भारतको नयाँ दिल्लीमा नोभेम्वर ३ देखि ६ सम्म संचालन हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको सातौ महासभामा भाग लिन गएका हुन् । उनले आफ्नो भ्रमणबारे जानकारी गराउन त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकार सम्मेलन गर्दै आफ्नो तीन दिने भ्रमण उपलब्धिमुलक भएको बताए ।

उनले भ्रमणको क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता भएको पनि बताए । उनले भने, ‘यो भ्रमण उपलब्धिमुलक रहेको छ । भारत सरकारले उच्च सम्मानकासाथ नेपाललाई हेरेको छ । अरु राजनीतिक केही भेटघाटहरु पनि भए ।’

उनले २०३५ सम्म २८ हजार पाँच सय मेघावट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यलाई परिपूर्ति गर्न सहयोगको लागि भारत सरकार उत्साहित रहेको पनि बताए ।

उनले भने, ‘अब जुन २०३५ सम्म २८ हजार पाँच सय मेघावट विद्युत उत्पादन गर्ने जुन लक्ष्य लिएको छौं । त्यसलाई कसरी परिपूर्ति गर्ने भनेर त्यहाँका ठूला व्यवसायीक व्यक्तित्वहरुसँग पनि छलफल भयो । उहाँहरु पनि उत्साहित हुनुहुन्छ,चाँडै आउँदै हुनुहुन्छ यहाँ काम गर्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?