उपनिर्वाचनमा जुट्यो कांग्रेस, सबै प्रदेशमा तोकियो चुनावी कमाण्डर (नामसहित)

लोकपथ
784
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी उपनिर्वाचनका लागि प्रदेश कमाण्डर तोकेको छ ।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको स्थानीय तह उपनिर्वाचन–२०८१ केन्द्रीय संयोजन समिति’ को आजको बैेठकले प्रदेश कमाण्डरहरु तोकेको हो ।

स्थानीय तहका उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यैसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न बैठकले विभिन्न प्रदेशमा नेताहरुलाइ जिम्मेवारी तोेकेको हो ।

बैठकले बागमती प्रदेशमा महालक्ष्मी उपाध्याय डिना, कोशी प्रदेशमा भिष्मराज आङ्दाम्बे, मधेश प्रदेशमा महेन्द्र यादव, कर्णाली र गण्डकी प्रदेशमा जीवन परियार, अन्तरपार्टीै समन्वयका लागि डा. प्रकाशशरण महतलाई तोकेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा एनपी साउद, लुम्बिनी प्रदेश र निर्वाचन आयोग समन्वयमा मीन विश्वकर्मा, प्रचारप्रसार संयोजनमा मधु आचार्य र सचिवालय व्यवस्थापनको जिम्मेवारी नानु बाँस्तोलालाई दिइएको छ । आजको बैठकले उपनिर्वाचनका उम्मेदवारहरुलाई विजयी गराउन मुख्य भूमिका खेल्न समेत निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?