गंगासागरमा छठको उल्लास (फोटोफिचर)

लोकपथ
56
Shares

काठमाडौं । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।

जनकपुरका गंगासार नदीमा धेरैले अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गर्ने तयारी गरेका छन् । चारैतर्फ पक्की घाट भएकोले श्रद्धालुहरुको पहिलो रोजाई गंगासागर हुने गरेको छ । 

सुस्वास्थ्य, दीर्घजीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्टी र सप्तमीको दिन छठ मान्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?