सामाजिक सञ्जालमा निश्चल र दीपकराजको ‘ब्याटल’

लोकपथ
1.4k
Shares

काठमाडौं । अभिनेता एवं निर्माताद्वय निश्चल बस्नेत र दिपकराज गिरीबीच सामाजिक सञ्जालमा टिकाटिप्पणी चलेको छ ।

निश्चल घटस्थापनाबाट सञ्चालनमा आएको ‘बेहुली फ्रम मेघौली’ का निर्माता तथा मुख्य भूमिका उनकै रहेको छ भने दिपकराज गिरीसहितको टिमले निर्माण गरेको ‘छक्कापञ्जा–५’ फूलपातीबाट हालसम्म चलिरहेको छ । दुवै चलचित्रले पछिल्लो समय सशक्त प्रस्तुती साथै राम्रो आम्दानी समेत गरेका छन् ।

तर निश्चल र अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गरेको ‘बेहुली फ्रम मेघौली’ राम्रो आम्दानी गरिरहेकै बेलामा हलहरुले शो नदिएको भन्दै उनीहरुले हलबाट उतारेर ओटीटी प्लेटफर्ममा लगेका थिए ।

यता दीपकराजले सामाजिक सञ्जालमा ‘पूर्णबहादुरको सारङ्गी’ले राम्रो शो पाइरहेको बताए । हलहरुले शो नदिएको भनेर निर्माताहरु उफ्रिएको भन्दै समस्या चलचित्रमा नै रहेको टिप्पणी गरे ।

‘प्राय: हलहरूले शो दिएन भनेर हामी उफ्रिन्छौ तर हेरौ त ‘नगन्य शो बाट सुरू भाको पीवी सारंगी ले आफूलाइ कॉहा पुर्यायो ? यो भन्दा पहिला १२ गॉउ त्यस्तै , समस्या कहॉ रहेछ त ?,’ उनले भनेका छन् ।

आफूलक्षित उक्त टिप्पणीपछि निश्चलले कटाक्ष गरेका छन् । हल सञ्चालक समेत रहेका दीपकराजप्रति कटाक्ष गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्,

‘कोही चलचित्रकर्मी जो आजकाल हलपनि चलाउछन… ले मौका पाएर ठुलो गफ छाडिहालेछन , नेपाली चलचित्रले राम्रो गर्दै गएपछी शो बडेको बडै छ त भन्दै । हो हजुर हो ।’

विदेशी फिल्महरु राम्रो हुन्छ भनेर आफ्नो फिल्मलाई धेरै शो नदिइएको भन्दै चलचित्र निर्माताले नै त्यसरी सोच्लान भन्ने आफूले नसोचेको टिप्पणी गरे ।

‘विदेशी फिल्म राम्रो हुन्छ भनेर जुन दिमागले पहिल्यै सोच्छ र छरपस्ट शो दिन्छ नी त्यही दिमागले नेपाली फिल्म पनि राम्रो हुन्छ सुरुमै राम्रो शो दिनुपर्छ भनेर किन सोच्न सक्दैन ? सधै नेपाली फिल्मले चै प्रमाणीत गरिरहनु पर्ने हो , निर्माताले शो थपिदिनुन भनेर गुहार्नु पर्ने नै हो रु प्रस्ट छ ।। बिदेशी फिल्मको शो घटाईएर नेपाली फिल्मलाई दिएका छौं भनेर भ्रम नछर्दा हुन्छ ।। नेपाली फिल्मले दर्शक खोजेको हो, हलसम्म आफ्नो बलबुताले ल्याएको हो । यो फिल्मले राम्रो दाम ल्याउछ भनेर प्रमाणीत गरेपछि मात्र शो थपिएको हो । बिदोशी फिल्म पनी हात्ती आयो हात्ती आयो फुस्सा भएपछी शो घटाईएको हो !! कमसेकम चलचित्र बनाईरहेको ब्यक्तिले यतिसम्म बोल्लान सोचेको थिईन… बोल्नभयो , ठिक गर्नुभयो…चिनियो..!’

त्यस्तै उनको प्रतिक्रियापछि गिरीले सामाजिक सञ्जालमा संसारमा सबै प्रश्नको उत्तर हुने तर मौनता सबैभन्दा राम्रो र जटिल उत्तर रहेको प्रतिक्रिया दिएका छन् ।

‘संसारमा सबै प्रश्नका उत्तर हुन्छन तर मौनता सबैभन्दा राम्रो र जटिल उत्तर हो !,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?