धार्के -सीतापाइला सडक खण्ड भोलिदेखि १५ दिनका लागि बन्द

लोकपथ
588
Shares

काठमाडौं । काठमाडौंकाे सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक खण्ड भोलिदेखि  १५ दिनका लागि बन्द हुने भएको छ । धार्के ठुलोखोला सडक खण्डअन्तर्गत सडक कालोपत्रे गर्ने काम भोलि देखि सुरु हुने भएकाले १५ दिनका लागि उक्त सडक खण्ड बन्द हुने भएको हो । 

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र हलुका सवारी साधन (चार पाङ्ग्रे) बाहेकका अन्य सवारी साधनलाई पूर्ण रूपमा रोक लगाएको जानकारी दिएको हो ।

साथै कार्यालयले अन्य सवारी साधनलाई वैकल्पिक मार्गको रूपमा गल्छी-विदुर-छहरे टोखा वा धार्के-नौविसे-नागढुंगा सडक प्रयोग गर्न आग्रहसमेत गरेको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?