काठमाडौं । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै प्रदेशमा चुनावी कमाण्डर तोकेको छ ।
पार्टी केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन संयोजन समितिको बैठकले सातै प्रदेशमा नेताहरुलाई जिम्मेवारी तोकेको हो ।
जसअनुसार कोशी प्रदेशमा निशा डाँगी, मधेश प्रदेशमा डा. चन्दा कार्की, बागमती प्रदेशमा शिशिर खनाल, गण्डकी प्रदेशमा डा. चन्दा कार्की, लुम्बिनी प्रदेशमा कुसुम महर्जन, कर्णाली प्रदेशमा लिमा अधिकारी र सुदूरपश्चिम प्रदेशमा विष्णुकुमार श्रेष्ठलाई तोकेको छ ।
नेताहरुलाई आगामी निर्वाचनमा आफ्ना उम्मेदवार जिताउनका लागि मुख्य भूमिका खेल्न निर्देशन दिएको छ । साथै रास्वपाले उपनिर्वाचनको उम्मेदवार समेत प्राइमरी इलेक्सन गरेर उम्मेदवार छनोट गर्ने भएको छ । त्यसको लागि आज दिउँसो २ बजेसम्मका लागि समय तोकिएको थियो । प्रक्रियागत हिसाबले आगामी कार्तिक २९ गते दिउँसो १ बजे त्यसको नतिजा प्रकाशन गर्ने रास्वपाले जनाएको छ ।
विभिन्न ४४ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि आगामी मंसिर २ गते मनोनयन दर्ताको समय तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया