उपनिर्वाचन : ग्रामथानमा कांग्रेसले टुंगो लगायो उम्मेदवार

लोकपथ
133
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेसले उपनिर्वाचनका लागि बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज बसेको मोरङ संसदीय समितिको बैठकले उनलाई उम्मेदवारका रुपमा अघि बढाउने तय गरेको हो ।

उम्मेदवारको टुंगो लगाउन पूर्व मन्त्री समेत रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति गठन भएको थियो । समितिको आजको बैठकले आकांक्षी १३ मध्येबाट उनको नाममा सहमति गरेको हो ।

गत स्थानीय निर्वाचनमा सो गाउँपालिकामा नेपाली कांग्रेसका जयप्रकाश गच्छादार निर्वाचित भएका थिए । गत असारमा उनको निधन भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

नेकपा माओवादी केन्द्रले समेत उम्मेदवारको टुंगो लगाइसकेको तर एमालेले भने उम्मेदवार टुंगो लगाउन सकेको छैन । माओवादी केन्द्रले पूर्व वडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाएको हो ।

आगामी मंसिर १६ गते देशका विभिन्न स्थानीय तहको ४४ पदका लागि उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?