छठको तेस्रो दिन कमलपोखरीमा जे देखियो (फोटोफिचर)

लोकपथ
294
Shares

काठमाडौं । आज छठ पर्वको तेस्रो दिन काठमाडौंको कमल पोखरीमा सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइरहेका छन् ।  विगतका वर्षमा जस्तै यस वर्ष पनि  कमल पोखरीमा  छठ पर्व हर्षोल्लासका साथ मनाइरहेका हुन्  ।

यस दिन भगवान सूर्य र छठीमैयाको विधिवत पूजा गरिन्छ । त्यसपछि साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ । सूर्यको आराधना गर्नाले सन्तान प्राप्ति, सन्तानको रक्षा र सुख/समृद्धि प्राप्त हुने जनविश्वास छ ।

चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवधमा पर्व सम्पन्न हुने गर्दछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?