नारायणगढ–मुग्लिन सडकको सत्र किलोमा माइक्रोबस र बस ठोक्किँदा चारको मृत्यु, ६ घाइते

लोकपथ
1.2k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलो स्थित नारायढगढ-मुग्लिङ सडकखण्डमा यात्रुबाहक बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतक र घाइते सबै जना हायसमा सवार यात्रु हुन् ।

आज शुक्रबार बिहान अन्दाजी ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को माइक्रो र मुग्लिङ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नं. को बस ठोक्किएर दुर्घटना भएको हो ।


जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार, दुर्घटनामा माइक्रोका चालक अन्दाजी ४० वर्षीय पुरूष, उक्त गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका–१ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, अन्दाजी ४० वर्षीया महिला र ३५ वर्षीय पुरूषको मृत्यु भएको छ ।

माइक्रो चालक र गुरूङको भरतपुर अस्पताल र अन्य तीनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन् । जसमध्ये दुई जना सामान्य, दुई जना उपचार पछि डिस्चार्ज र दुई जना गम्भीर रहेको डिएसपी रिजालले बताए ।

प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगर–९ बस्ने ४४ वर्षीय सूर्यविक्रम बिष्टलाई पक्राउ गरेको छ । दुर्घटना हुँदा सडकखण्ड पनि एकतर्फी अवरूद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?