पाथीभरामा केवलकार बनाउन नदिने भन्दै ढुंगामुढा, ६ जना घाइते

लोकपथ
749
Shares
तस्बिर : हेमराज निरौला, ताप्लेजुङ

काठमाडौं । ताप्लेजुङमा रहेको प्रशिद्ध धार्मिकस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद देखिएको छ ।

पाथिभरामा केबलकार निर्माणको लागि आज शिलान्यासको कार्यक्रम राखिएको थियो । तर त्यसमा असन्तुष्ट पक्षहरुले ढुंगामुढा गर्दा ५–६ जना युवाहरु घाइते भएका छन् ।

काफ्लेपाटीबाट पाथीभरासम्म करिब आधा किलोमिटरको दूरीमा केबलकार बनाउने तयारी गरिएको थियो । सोही अनुसार आज स्टेसनको उद्घाटनसहित माटो सम्याउने कामका लागि स्काभेटरसहित टोली त्यहाँ पुगेको थियो । तर पहिचानवादी समूहले माथिबाट ढुंगामुढा गरेको फुङलिङ् नगरपाकिाका मेयर आमिर मादेनले लोकपथलाई जानकारी दिए ।

तस्बिर : हेमराज निरौला, ताप्लेजुङ

उनका अनुसार उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, उनीसहित सबै दलका प्रतिनिधिहरुसहित ४–५ सय जना उपस्थित रहेका थिए । तर प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई त्यहाँको माहोल राम्रो नभएको भन्दै नजान आग्रह गरेका थिए ।
‘आजदेखि काम सुरु गर्ने भनेर स्काभेटर लिएर आइयो । तर कार्यक्रम सुरु हुने बेलामा प्रमुख जिल्ला अधिकारीले त्यहाँको माहोल राम्रो नभएको भन्दै काम अघि नबढाउन आग्रह गरेपछि इन्स्पेक्टरले चाबी खोसिदिए । प्रशासनले नै हाम्रो विपक्षमा लागेपछि उनीहरुको मनोबल उकाशियो अनि हामीमाथि ढुंगामुढा भयो,’ उनले भने ।

उनका अनुसार पहिचानवादीहरुले पाथीभरा लिम्बूहरुको मुन्धुमस्थल भएको भन्दै लामो समयदेखि त्यहाँ केवलकार बनाउन नदिने भन्दै आवाज उठाउँदै आइरहेका छन् ।

‘उनीहरु पहिचानवादी हुन् । उनीहरु पाथीभरा लिम्बूहरुको मुन्धुमस्थल भएकाले त्यहाँ केबलकार बनाउँन दिँदैनौँ भन्ने मात्रै माग हो । त्यहाँ २–४ जना व्यक्तिहरुले केबलकार बनाउन नदिने भन्दै कमिसन मागेका थिए । तर त्यो नमिलेपछि लिम्बू समुदायलाई उठाएर मुद्दा उठाएका हुन् । उनीहरु आज १५–१६ मात्रै थिए, तर माथिबाट ढुंगामुढा भएपछि हामी अघि बढ्न सकेनौँ,’ मेयर मादेनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?