‘अनर एक्ससेभेन सी’ चाँडै नेपाली बजारमा आउँदै, यस्ता छन् फिचर

लोकपथ
49
Shares

काठमाडौं । ग्लोबल टेक्नोलोजी ब्रान्ड अनरले बजेटमैत्री ग्राहकहरूका लागि निर्माण गरेको नयाँ ‘एक्ससेभेन सी फाइभजी’ स्मार्टफोन नेपाली बजारमा लन्च गर्ने भएको छ ।

टिकाउ ब्याट्री क्षमता र उत्कृष्ट फोटोग्राफी विशेषतासहित यो स्मार्टफोनले ग्राहकलाई बलियो र किफायती अनुभव दिने कम्पनीको दावी छ।

अनर एक्ससेभेन सीमा फाइभ स्टार ड्रप रेजिस्टेन्स र एसजीएस प्रिमियम पर्फर्मेन्स सर्टिफिकेसन (Drop & Crush Resistance) रहेको छ । जसमा कुशनिङ आर्किटेक्चर र टेम्पर्ड ग्लास स्क्रिनले दैनिक झट्कालाई सहजै सहन सक्छ।

आईपी ६४ रेटिङले यसलाई धुलो र पानीका छिटाबाट सुरक्षित राख्छ, जसले यसलाई हरेक वातावरणका लागि उपयुक्त बनाउँछ।

यसमा सुपर टिकाउ ब्याट्रीका साथै १०८ एमपी एआई क्यामेरा प्रणालीले उत्कृष्ठ फोटोग्राफी र २५६ जीवी इन्टरनल स्टोरेज छ । ६.७७ इन्चको इमर्सिभ डिस्प्लेले यो फोनलाई उत्कृष्ट लुक दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?