राष्ट्रपतिद्वारा चीन र अमेरिकाका लागि राजदूत नियुक्त

लोकपथ
161
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीन र अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले यसअघि नै संसदीय सुनुवाइ पूरा भइसकेका प्राडा कृष्ण प्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाको राजदूत पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेको शीतल निवासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?