श्रम स्वीकृति भएका नेपालीलाई दिल्ली हुँदै श्रम गन्तव्य मुलुक जान एनओसी नचाहिने

लोकपथ
63
Shares

काठमाडौं । भारतको नयाँ दिल्ली हुँदै श्रम गन्तव्य मुलुक जानका लागि ‘नो अब्जेक्शन लेटर’ (एनओसी) नचाहिने भएको छ। सोमबार दिल्लीस्थित दूतावासले जारी गरेको सूचनाअनुसार श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई दिल्ली विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जाँदा एनओसी नचाहिने भएको हो ।

अमेरिका, बेलायत, क्यानडा, जापान, न्युजिल्याण्ड, सेन्जेन मुलुकलगायतका मुलुकको भीसा लिएका नेपालीहरुलाई भारतको दिल्ली विमानस्थल हुँदै जाँदा एनओसी नचाहिने दूतावासले जनाएको छ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीहरूका लागि दूतावासबाट एनओसी लिन पर्ने छैन ।’

तर, श्रम स्वीकृति नभई साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमान, बहराइन, इराक, लिबिया, र लेबनन जानेलाई भने एनओसी अनिवार्य हुने दूतावासले जनाएको छ। त्यस्तै, छात्रवृत्ति प्राप्त विद्यार्थी भीसामा वा व्यापार भीसामा रूस जानेहरूले पनि एनओसी लिनुपर्ने दूतावासको सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?