काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक समारोहकाबीच मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, टिम मालिक स्वतन्त्र प्रताप शाह र ब्राण्ड एम्बेसडर दीपक विष्टले गरेका हुन् ।
एम्पायर स्पोट्स म्यानेजमेन्ट प्रालिसँगको स्वामित्वमा रहेको सुदूरपश्चिमले सार्वजनिक गरेको जर्सी प्रदेशको प्रतिनिधित्व र स्थानीय संस्कृति झल्कनेअनुरूप छ । जर्सीको कलर पहेँलो रहेको छ ।
जर्सी रिभिल कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगले नेपाली क्रिकेट जगतले फड्को मार्ने बताए । सुदूरपश्चिमको जर्सी लगाएर समर्थन गर्न आउँदा काठमाडौं नै सुदूरपश्चिममय हुने उनको भनाइ छ ।
क्रिकेटलाई नेपाली समर्थक अथाह माया गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘नेपाली क्रिकेटले विगतको २०-२५ वर्षदेखि जुन उपलब्धि हासिल गर्दै आइरहेको छ । यसले विश्व जगतमा नेपाली क्रिकेटको चर्चा भइरहेको छ । अब अन्तर्राष्ट्रियस्तरबाट ठुला ठुला लगानीकर्ताहरू भित्र्याएर राष्ट्रिय स्तरमा खेलाडीहरुका लागि प्लेटफर्म तयार गर्ने योजनामा क्यान छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया