काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेटवार्ता भएको छ। ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले माथिल्लो अरूण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनका लागि लगानी गर्न विश्व बैंकका प्रतिनिधिसँग आग्रह गरेका हुन्।
मन्त्री खड्काले अपर अरूण जलविद्युत आयोजनाको काम टुंगोमा पुर्याउनका लागि पनि विश्व बैंकले थप सहयोग गर्नुपर्ने बताए । विश्व बैंकले यसअघि पनि अपर अरूण जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।
गत साता भारत भ्रमणमा रहेका बेला उर्जामन्त्री खड्काले माथिल्लो अरूण आयोजनालाई अगाडि बढाउने विषयमा भारतका विद्युतमन्त्रीसँग पनि छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया