कान्ति बाल अस्पताललाई काठमाडौं महानगरको सहयोग

लोकपथ
35
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थिएटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पङ्कज रायले महानगरले उक्त कार्यका लागि पाँच करोड ५० लाख उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए । 

मोडुलर अपरेसन थिएटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले बालबालिकाको उपचार व्यवस्था सहज बनाउन सहयोग गर्न लागिएको बताए । उनले बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात् महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको बताए ।

महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?