काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूमाथि कौडी भ्रष्टाचार गरेको प्रमाण भेटिए राजीतिक जीवन नै परित्याग गर्ने बताएका छन् ।
उनकै दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले मन्त्री पाण्डेले करोडौँ कमिसन खाएर एक क्यासिनोलाई लाइसेन्स दिलाएको आरोप लगाएका थिए ।
बजगाईँको आरोपपछि आज नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सो कुरा बताएका हुन् ।
‘मन्त्री आफू कमिशन खान्छ अरुको स्पोन्सर प्रचार गर्छ । हामी समकक्षी सुभाष म सुशान्त संगै थियौ, एक क्यासिनो संचालकले हामिहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे । दृष्टान्तः मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गर्यों उपरोक्त नेताले त्यो पैसा फ़िर्ता पठायो । मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थे सभापति र वहाँको परिवारले दिएनन् भन्दै हिंड्छ, यो झूठ हो किनभने सभापति गृह परराष्ट्र मन्त्री आफै क्यान छुट्याउने विषयमा आफ़ै प्रधानमन्त्रीलाई ब्रीफ गर्दैगरेको १५ औं सांसद साछी छौँ। यो तल पूरानो क्यासिनो कम्पनीको फोटो छ। मन्त्री भैसकेपछि उसको आदेशको नयाँ अनुमति छ। यहाँ सम्मानित अदालतको फैसला पनि छ। भैरहवा विमानस्थलको बारेमा मेरो विचार काटकूट गरेर प्रसारण गरेर आँधीले नहल्ने यो राजेन्द्र बजगाई एक पाईला हल्लदैन। मन्त्री पाण्डे र अधिकारीहरूले भैरहवा विमानस्थल कसरि चल्छ पूर्वतयारी भएन भएन भन्ने मेरो विचारलाई भैरहवा विमानस्थल चल्दा राजेन्द्र बजगाईको विरोध भनेर स्पोन्सर प्रचार चलाएका रहेछन्,’ सामाजिक सञ्जालमा लेख्दै सांसद बझगाईँले आरोप लगाए ।
त्यसमा प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले आफूमाथि बिचौलियाका मतियारहरु पछि लागेको बताए । साथै करोडौँ त के कौडी खाएको भए राजीतिक जीवन परित्याग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘म यो पशुपतिनाथको मन्दिर अगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा केही अनलाइनहरूलाई प्रयोग गरेर, केही बिचौलियाका मतियारहरूले आरोप लगाएका छन्, करोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोका अगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहन्छु,’ उनले भने ।
कांग्रेस सहमहामन्त्री पाण्डे मन्त्री भएपछि बजगाईँले उनीमाथि विभिन्न आरोप लगाउँदै आइरहेका छन् । उनले आजै सामाजिक सञ्जालमा लेख्दै डेरामा बस्ने पाण्डे मन्त्री भएपछि घर किनेको आरोप समेत लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया