काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले खोरमा थुन्दैमा बाघ स्याल नहुने प्रतिक्रिया दिएका छन् ।
मंगलबार अपरान्ह जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सो कुरा बताएका हुन् ।
बयानपछि सरकारी वकिलको कार्यालय अघि उनका समर्थकहरु बाक्लो रुपमा उपस्थित रहेका थिए ।
उनले भने, ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन ।’
गत कार्तिक २ गते सहकारी गठी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया