प्रचण्डको दाबी– ‘यसपाली कीर्तिपुरमा नयाँ इतिहास रच्नेछौँ’

लोकपथ
420
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरमा आफ्नो उम्मेदवारको जित हुने दाबी गरेका छन् ।

अन्य राजनीतिक दलहरुसँग समेत आफ्नो कुरा भइरहेको बताउँदै यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्न सक्ने दाबी गरे ।

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

आज मेयर तथा वडाध्यक्षको उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अन्य राजनीतिक दलसँग पनि मेरो लगातार कुरा भइरहेको छ । त्यसकारण यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्न सकिन्छ ।’

त्यस्तै उम्मेदवारहरुलाई जनताको घरघरमा जान आग्रह समेत गरे । ठूला सभा र समारोह गरेर मात्र भोट नआउने भन्दै जनताको घरघरमा जान आग्रह गरे ।

‘ठूला सभा र समारोह गरेर मात्र भोट आउँदैन । घरघरमा जानुस् टोलटोलमा जानुस् र आत्मसमीक्षासहित जानुस्,’ उनले भने ।

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकासहित त्यहाँका केही वडामा समेत निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?