दशकपछि ‘महजात्रा’ लिएर आए महजोडी, भोलिबाट प्रज्ञा भवनमा प्रदर्शन

लोकपथ
63
Shares

काठमाडौं । वरिष्ठ हास्यकलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले एक दशकपछि ‘महजात्रा’ लिएर आएका छन् ।

महजोडीका नामले परिचित हरिवंश र मदनकृष्णले कार्तिक २९ गते अर्थात् भोलिबाट ‘महजात्रा’ को प्रस्तुती दिन लागेका हुन् ।

एक दकशअघि नेपालमा ‘महजोडी’ को विभिन्न प्रदर्शन तथा प्रहसनहरु हुने गरेको थियो । तर पछिल्ला वर्षहरुमा भने ती रोकिएकोमा पुनः महजात्रा हुन लागेको हो ।

महजात्रामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित किरण केसी, नरेन्द्र कंसाकार, राजाराम पौडेल, शैलेन्द्र सिंखडा, शिवहरि पौड्याल, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभूषा बस्नेतले महजात्रामा हास्यव्यंग्य प्रस्तुति दिनेछन् ।

मानवसेवा आश्रम र मीरा फाउण्डेसनको सहयोगार्थ सुश्री मिडियाले कार्यक्रम आयोजना गर्न लागेको हो । काठमाडौंमा १२ र मोफसलका सहरमा पनि १२ स्टेज शो आयोजना हुने बताइएको छ ।

शोबाट उठेको रकम मानवसेवा आश्रम र मीरा फाउन्डेसनलाई दिइने समेत उनले दाबी गरे ।

लामो समयपछि हुन लागेको यो कार्यक्रममार्फत वर्तमान देशकाल, परिस्थिति र विकृतिलाई हास्यव्यंग्य मार्फत कटाक्ष हुने अपेक्षा गरिएको छ ।

त्यसो त अन्य देशहरुमा भने महजोडीले ‘महजात्रा’ गरेका थिए ।

भोलिबाट सुरु हुने कार्यक्रममा गीत र नृत्यहरू पनि हुनेछन् । त्यसको साथै मनोरञ्जनलाई बढी प्राथमिकता दिनुका साथै नेपालमा घटित राजनीतिक घटनाक्रमहरुलाई प्राथमिकता दिइने हरिवंश आचार्यले बताए ।

आचार्यका अनुसार मदनकृष्णको स्वास्थ्यवस्थाका कारण उक्त कार्यक्रममा सानो मात्रै भूमिका हुनेछ ।

कार्यक्रमका लागि अनलाइन र भौतिक रुपमा टिकट काट्न सकिने व्यवस्था गरिएको आयोजक पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?