काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जनकपुर उपमहानगरपालिका–९ ठेगाना भएका ३७ वर्षीय दिव्य श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटन ललितपुरको २०८० असार ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना कैद, बिगो २ करोड ५० लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहतकोषमा १० लाख रूपैयाँ जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया