पूर्वसांसद रामवीर मानन्धर फेरि एमालेमै सक्रिय, १६ नम्बरको वडाध्यक्ष जिताउन प्रचार प्रचारमा

लोकपथ
805
Shares
फाइल तस्बिर

काठमाडौं । काठमाडौंबाट दुई दुई पटक प्रतिनिधिसभामा निर्वाचित भएर पार्टी काममा निष्क्रिय रहँदै आएका पूर्वसांसद रामवीर मानन्धर नेकपा एमालेमै सक्रिय भएका छन् । २०७९ को प्रतिनिधिसभामा छुट्टै उम्मेदवारी दिएका उनी त्यसयता एमालेमा निष्कृय थिए ।

काठमाडौं महानगरको १६ नम्बर वडामा उपनिर्वाचन हुँदै गर्दा मानन्धर फेरि एमालेमै सक्रिय भएका हुन् । उनी एमालेको कार्यक्रमहरुमा पनि देखिन थालेका छन् ।

एमाले उम्मेदवार जिताउनेगरी आफू सक्रिय भएको बताउँदै भनेका छन्, ‘काठमाडौं–१६, एमाले र मेरो बीचमा एउटा इतिहास छ, बसपार्क, औद्योगिक क्षेत्र जति पनि विकास भएको छ, त्यसको पछि एमाले र मेरो भूमिका छ । बीचबीचमा केही हावाहरु चले । तर यो क्षेत्रमा एमालेको इतिहास छ’, मानन्धरले भने ।

२०४९ र २०५४ को चुनावमा वडाध्यक्षमा जितेका उनले २०७० र ०७४ को चुनावमा काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यमा जितेका थिए । २०७७ सालमा राज्यमन्त्री पनि बनेका उनी तत्कालीन नेकपाको विवादसँगै एमालेको संस्थापनबाट अलग हुन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?