काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्से १४.१२ विन्दुले घटेर २७३४.८३ अंकमा अडिएको छ । साताको पहिलो र दोस्रो कारोबारका दिन सकारात्मक देखिएको बजार तेस्रो दिन मंगलबारदेखि भने ओरालो लागेको हो ।
आज नेप्सेमा सात अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा छ वटा कम्पनीले सकारात्मक सर्किट लेबलमा कारोबार गरे । अघिल्लो दिन सात अर्ब ८५ करोडको कारोबार भएकोमा आज सात अर्ब ९१ करोडको कारोबार भयो ।
कारोबारमा आएका मध्ये ९९ कम्पनीको मूल्य बढ्दा एक सय ३८ को मूल्य घट्यो । यस्तै आज सात ७ को स्थिर रह्यो । समग्र बजार प्रभावित हुँदा फाइनान्स समूह ४.२ प्रतिशतले बढ्यो ।
यसदिन कारोबार रकमका हिसावले जानकी फाइनान्स अग्रस्थानमा रह्यो । त्यस्तै पोखरा फाइनान्स, सप्तकोशी विकास बैंक, समृद्धि फाइनान्स र पिपुल्स हाइड्रोपावरले बढी कारोबार गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया