आजदेखि नेपालले बंगलादेशलाई विद्युत बिक्री गर्दै

लोकपथ
28
Shares

काठमाडौं । नेपालले पहिलो पटक आज  देखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ ।  गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार शुक्रबार सरकारले ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको हो ।

सम्झौताअनुसार भारत हुँदै बिजुली बंगलादेशमा पठाउन लागिएको हो ।  नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ । नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ ।

बङ्गलादेशलाई बिजुली बेच्दा कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात भई मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ । 

नेपालका ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कासहित भारत र बंगलादेशका ऊर्जा मन्त्रीले दिउँसो पौने १ बजे संयुक्त रूपमा स्विच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?