काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । टेलिकमको नाफा गत वर्ष यसैअवधिको तुलनामा १४.२० प्रतिशत ले घटेको हो ।
टेलिकमले यो अवधिमा एक अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले दुई अर्ब दुई करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालक आम्दानी आठ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । यस्तै गत वर्ष कम्पनीको सञ्चालक आम्दानी आठ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।
टेलिकमको वित्तीय आम्दानी एक अर्ब ७५ करोडबाट घटेर १ अर्ब १७ करोड रुपैयाँमा आएको छ भने अन्य श्रोतबाट हुने आम्दानी भने २० करोड ६३ लाखमा झरेको छ । कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैया रहेको छ । यसको रिजर्भ कोषमा ७८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३८ रुपौयाँ ६६ पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया