काठमाडौं । विशेष अदालतले सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वप्रमुख गंगा पासवानसहित ५ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषले उनीहरुमाथिको सजाय १० मंसिरमा निर्धारण गर्ने भएको छ ।
दोषी ठहर हुनेमा पासवानसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादव छन् । उनीहरुले नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार गरेको अदालतको ठहर छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० साल चैत १४ गते उनीहरुमाथि मुद्दा दायर गरेको थियो । मंगलबार र बुधबारको सुनुवाइपछि विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्तले फैसला सुनाएको हो ।
अख्तियारले बिगो दाबी गरेको १ करोड ८ लाख रुपैयाँ असुलका लागि जनही २१ लाख ६० हजार रुपैयाँ भराउने फैसला पनि गरेको छ । अदालतका सूचना यज्ञराज रेग्मीका अनुसार उनीहरुमाथि कानुन बमोजिम २ वर्ष ६ महिनादेखि ४ वर्षसम्मको कैद सजाय हुन सक्छ ।
कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८र७९ मा प्रशासनिक भवन निर्माणका लागि ठेक्का आह्वान गरेकोमा च्च अदालत जनकपुर राजविराज इजलासले नगरपालिकाको कार्यालय स्थानान्तरण नगर्नू भनी मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई आदेश दिएको थियो । उक्त आदेशको अवज्ञा गर्दै तत्कालीन मेयर पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले निर्माण प्रक्रिया अघि बढाएपछि अख्तियारमा उजुरी परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया