न्युजिल्यान्डको पार्लियामेन्टमा अनौठो खालको विरोध प्रदर्शन 

लोकपथ
0
Shares

काठमाडौं । न्युजिल्यान्डका सांसदहरुले बिहीबार हाका लगाएर संसद् अवरुद्ध गरेका छन् । हाका गरेपछि संसद् केही समयको लागि निलम्बन गरिएको थियो ।

बेलायती र आदिवासी माओरीबीचको १८४ वर्ष पुरानो सन्धिको पुनर्व्याख्या गर्ने विवादास्पद विधेयकमा मतदानमा बाधा पुर्‍याउन माओरी सदस्यहरूले हाका गरेर संसद् अवरुद्ध गरेका हुन् । 

माओरी सांसद हाना-राविती माइपी-क्लार्कले संसदमा हाकाको नेतृत्व गर्न उभिँदा बिलको प्रतिलिपि च्यातिन्।

विवादास्पद कानुनलाई धेरै माओरी र उनीहरूका समर्थकहरूले ५.३ मिलियन जनसंख्याको लगभग २०% ओगट्ने देशका आदिवासी जनजातिहरूको अधिकारलाई कमजोर पार्ने रूपमा हर्ने गर्छन् ।

अदालतहरू र छुट्टै माओरी न्यायाधिकरणले गरेको निर्णयले दशकौँदेखि माओरी अधिकार र विशेषाधिकारहरूलाई क्रमशः विस्तार गरेको छ। यद्यपि, कतिपयले यसले गैर आदिवासी नागरिकहरूमाथि भेदभाव गरेको तर्क गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?