काठमाडौं । अनलाइनमार्फत अश्लील भिडियो प्रसारण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी जिल्ला प्रतापुर गाउँपालिका वडा नं-७ घर भएका २४ वर्षिय अमन प्रताप हरिजन रहेको छन् ।
उनले child sexual abuse material (csam) तयार पारि सञ्चार माध्यकामा अश्लील भिडियो पोस्ट गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटेको प्रहरी टोलीले उनलाई हिजो (बिहिबार) पक्राउ गरेको हो ।
हरिजनमाथि विद्युतीय (इलेक्टट्रोनिक)कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको छ। उनलाई काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही गरिरहेको प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दीपक राज अवस्थीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया