देशभर पश्चिमी वायुको प्रभाव, पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना

लोकपथ
70
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भू-भागका केही स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?